सिलवाललाई पक्राउ गर्न देशभरका जिल्ला प्रहरी कार्यालयहरुलाई पत्र


काठमाडौं, ३ माघ : ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एवं नेपाल प्रहरीले पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न देशभरका जिल्ला प्रहरी कार्यालयहरुलाई पत्र पठाएको छ।

सिलवाललाई सरकारी काजजात किर्ते मुद्दामा अनुसन्धानका लागि बुझ्नुपर्ने भएकोले पक्राउ गर्न भनिएको छ। प्रहरी महानिरीक्षकमा बढुवाका लागि सिलवालले सरकारी कागजात किर्ते गरेको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ।

उक्त मुद्दामा सर्वोच्च अदालतले छानविन गर्न नेपाल प्रहरीलाई आदेश दिएको थियो। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले मातहतका निकायलाई लेखेको पत्रमा सिलवाललाई पक्राउ गरेर काठमाडौं प्रहरी परिसरमा बुझाउन निर्देशन दिएको छ।