Logo

नयाँ सरकारलाई सहयोग गर्न बामदेव गौतमको संयोजकत्वमा कार्यदल गठन



७ माघ, काठमाण्डौ । नेकपा माओवादी र नेकपा एमाले एकता संयोजन समितिको बैठक सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न बैठकले आगामी सरकारले गर्ने कामका बारेमा सुझाब दिन एमाले नेता बामदेव गौतमको संयोजकत्वमा सात सदस्यी कार्यदल गठन गरेको छ ।

कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, भिम रावल, विजय पौडेल, युवराज खतिवडा र मिन बहादुर श्रेष्ठ रहेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यदलले नयाँ सरकार गठन भएलगत्तै घोषणापत्रमा समावेश कुरालाई कसरी लागु गर्ने भन्ने विषयमा खाका बनाउने श्रेष्ठले बताए ।
बैठकले राष्ट्रियसभाको उम्मेदवारी र प्रदेश सरकार गठनका लागि कार्यदलले तयार पारेका प्रतिवेदनलाई एकता संयोजन समितिले अनुमोदन गरेको एकालेका नेता सुवास नेम्वाङले जानकारी दिए ।

वैचारिक र सागंठनिक विषयमा छिनोफानो गर्नका लागि अर्को कार्यदल पनि बनाउने भनिए पनि बन्न सकेन । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबिचको छलफलले नै यस विषयमा टुङ्गो लगाउने नेम्वाङले बताए ।



प्रतिक्रिया दिनुहोस्