Logo

सपथ ग्रहणसँगै मुख्यमन्त्रीको चर्चा, यि हुन सातै प्रदेशमा मुख्यमन्त्रीको सम्भावना भएका सासंदहरु



७ माघ, काठमाण्डौ । आज प्रदेशसभाका सदस्यहरुले सपथ लिएसँगै मूख्यमन्त्रीको चर्चा सुरु भएको । सातवटै प्रदेशमा मुख्यमन्त्रका लागि प्रदेश सासंदहरुले दाबी गरेका छन् ।

प्रदेश नम्बर एकमा शेरधान राईले दाबी गरेका छन् । “म नै मुख्यमन्त्री हुँ, ससंदीय दलको नेतामा लड्छु ।” राइले ऋषि धमलासँग भने ।

२ नम्बर प्रदेशमा लालबाबु राउतलाई राजपा र फोरमले ग्रिन सिग्नल दिएका छन् । फोरमबाट मुख्यमन्त्री बन्ने सम्भावना छ । त्यहाँ फोरमकै अर्का नेता विजय यादवले पनि दाबी गरेका छन् । उनी उपेन्द्र यादवका निकट मानिन्छन् ।

यसैगरी राजपाबाट जितेन्द्र सोनल, रामनरेश राय र मनिष सुमनको पनि चर्चा छ ।

प्रदेश नम्बर तीनमा राजेन्द्र पाण्डेको सम्भावना बडि छ । तर अष्टलक्ष्मी शाक्य, केशव स्थापित र पशुपति चौलागाईले पनि दाबी गरेका छन् ।
प्रदेश नम्बर चारमा एमालेकै दुई नेताहरुले दाबी गरेका छन् । किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङले यस प्रदेशमा आफूलाई मूख्यमन्त्रीको रुपमा उभ्याएका छन् ।

प्रदेश नम्बर ५ मा शंकर पोखरेल र ६ मा महेन्द्रबहादुर शाही पक्कापक्की जस्तै भएको छ । प्रदेश नम्बर ७ मा माओवादीका अक्कलबहादुर रावल र वीरमान चौधरीको नाम चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्