Logo

किन देउवाले पूर्वराजावादीलाई प्रदेश प्रमुख बनाए ?



काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका ७ वटै प्रदेश प्रमुखह?ले आज पदभार ग्रहण गरेर पनि प्रदेश सभा सदस्यह?लाई सपथ खुवाएर आफ्नो कामको थालनी गरिसकेका छन् ।

लामो समयको अनिश्चयलाई तोड्दै सरकारले हालै सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको थियो ।
प्रधानमन्त्री देउवाले तोकेका प्रदेश प्रमुखह?मध्ये दुई जनाको नाम पूर्वराजावादी भनेर अहिले चर्चामा रहेको छ । ती मध्ये प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला र प्रदेश नम्बर ७ का मोहनराज मल्ल ।

प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा प्रमुख छन् । त्यस्तै प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ छन्। साथै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा प्रमुखमा तोकिएका छन्।

प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन्

यी मध्ये कोइराला र मल्ललाई पूर्वराजावादीको संज्ञा दिँदै कांग्रेसभित्रै अहिले नेताह?ले विरोध गरेको खुलासा भएको छ । कोइराला राजाको प्रत्यक्ष शासन कालमा महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री भएकी थिईन। उनी नेपालकी अत्यन्तै सम्मानित समाजसेवीको ?पमा चिनिन्छन् ।

यता ७ नम्बर प्रदेशका प्रमुख मल्ल देउवासँग निकट मानिन्छन् । हुन त उनी राप्रपाको कोटाबाट प्रदेश प्रमुख भएको जनाईएको छ । तर देउवासँगभन्दा पनि उनकी पत्नी डा. आरजु देउवा राणाको निकटताले उनलाई प्रदेश प्रमुख बनाईएको भन्दै कांग्रेस नेताह?ले अहिले आलोचना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्