Logo

बालकोटमा ओली–प्रचण्डवीच किन कुरा मिलेन ?



काठमाडौं, ७ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डवीच पार्टी एकताबारे ठोस सहमति नभईकन सम्पन्न भएको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठक ठोस एजेण्डामा सहमति नगरीकन सम्पन्न भएको बुझिएको छ । आजको बैठकमा वैचारिक र सांगठनिक बारेमा कसरी अघि बढ्ने भन्नेबारे केन्द्रित रहेर छलफल भएको थियो । सैद्धान्तिक पक्षबारे एमालेले जनताको बहुदलीय जनवाद हुनुपर्ने अडान लिएपछि माओवादी नेताहरु सहमत हुन नसकेको बुझिएको छ ।

बैठकमा पार्टी एकताबारे छलफल भएपनि ठोस कुनै निर्णय नभएको नेताहरुले बताएका छन् । बैठकमा सहभागी माओवादी केन्द्रका नेता मातृका यादवले दिएको जानकारी अनुसार ओली र प्रचण्डले थप गृहकार्य गर्नुपर्ने देखिएको बताए ।

दुई अध्यक्षबीच छलफल भएपछि समितिको बैठक बस्ने र संगठन तथा वैचारिक विषयमा गृहकार्य गर्न कार्यदल बनाउने समझदारी भएको छ ।

माओवादी केन्द्रका नेताहरु जबजभन्दा पनि बीचको बाटो अपनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले तत्काल समाजवादतर्फ अग्रसर हुनेगरि मुभ हुुनुपर्ने धारणा राखेका थिए । तर, एमाले अध्यक्ष ओलीले जबजबाट एक ईन्चपनि पछाडि फर्कन नसकिने अडान दोहोर्याएका कारण यसबारेमा ठोस सहमति भएन् ।

त्यस्तै सांगठानिक रुपमा पनि कसरी अघि बढ्ने भन्नेबारे ठोस सहमति आजको छलफलमा हुन सकेन् । जसले गर्दा एकता प्रक्रिया अझै लम्बिने बुझिएको छ । यता मुख्यमन्त्री र प्रदेश सभामुखमा पनि कुरा मिल्न सकेन् । माओवादीले एमालेले मुख्यमन्त्री पाएका ठाउँमा आफूले सभामुख पाउनुपर्ने दाबी गरेकोले छ भने एमालेले सभामुख पनि २ मात्र लिन प्रस्ताव गरेको छ ।

एकता संयोजन समितिको बैठकले यसअघि नै राष्ट्रियसभाको ४३ सिट मध्ये २९ एमाले र १४ माओवादीले लिने कार्यदलको सहमतिलाई अनुमोदन गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्