Logo

प्रधानमन्त्री बन्नुअघि नै भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाई, भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको भनाई



काठमाडौं, ७ माद्ध । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा वार्ता गरेका छन्। ओलीलाई आइतबार अपरान्ह भारती प्रधानमन्त्री मोदीले टेलिफोन गरेर भावी प्रधानमन्त्रीको रुपमा शुभकामना दिएका हुन ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार मोदीले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा बधाई दिएका हुन् । ओलीले प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताएका अधिकारीले जनाएका छन् ।

यस्तै ओलीले पनि मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् ।
मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका ओलीका प्रेस संयोजक अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्