Logo

विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्छ : रामचन्द्र पौडेल (भिडियोसहित)



युवा पुस्ताका भाषणमा मात्रै लोकप्रिय हुन्, काम गर्न सक्दैनन्

८ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांडग्रेसलाई परिवर्तन गरेर जानुपर्छ भन्दै विशेष महाधिवेशन वा अर्ली महाधिवेशनमार्फत शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्नेमा जोड दिएका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै युवा पुस्ताका नेताहरु कराउँने धेरै तर काम थोरै गर्ने गरेको आरोप पौडेलले लगाए । व्यवहारिक ?पमा पार्टीलाई सुधारको बाटोमा लैजान युवा पुस्ताले नसक्ने उनको जिकिर थियो ।

कार्यसम्पादन समिति र संसदीय बोर्ड विघटन गर्न माग गर्दै यदी नगरिए बैठकमा सहभागि नहुने चेतावनी पौडेलले दिए । कांग्रेसभित्र गुटले जरा गाडेको भन्दै पौडेलले गुटको अन्त्य गर्न नसकिनेसमेत बताए ।



प्रतिक्रिया दिनुहोस्