Logo

त्रिभुवन माविले ६३ लाख आर्थिक सहयोग रकम जुटायो



करौव सत्रीः गुल्मी ०८ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक अभियान मार्फत ६३ लाख भन्दा बढिको आर्थिक सहयोग रकम जुटाएको छ । मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई नमूना र प्राविधिक शिक्षा सञ्चालनगर्ने लक्ष्य अनुसार विद्यालयले हालसम्म ६३ लाख, ६ हजार, ९ सय, १० रुपैया बराबरको आर्थिक सहयोग जुटाएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिए ।

स्वर्ण महोत्सवलाई लक्षित गदै विद्यालयले आर्थिक संकलन अभियान मार्फत उक्क्त रकम जुटाएको हो । आर्थिक संकलन अभियान देश तथा विदेशमा समेत तिव्रताका साथ अगाडी बढिरहेको विदालयका शिक्षक रायमाझीले जानकारी दिए । विद्यालयले आफ्नो ५० बर्ष पूरा गरेको अवसरमा आँउदो फाल्गुन १ देखि ५ सम्म विद्यालयले बृहत रुपमा स्वर्ण महोत्सव मनाउन गइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्