गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि क्लवले जुटायो २ लाख

0
Shares

कौरव खत्रीः गुल्मी ०८ माघ । गुल्मीको एक क्लवले विपन्न गरिव र जेहेन्दार विद्यार्थीहरुका सहयोगका लागि देश तथा विदेशबाट झण्डै २ लाख रकम संकलन भएको छ । मुसिकोट नगरपालिका १ अरेवा स्थित रहेको अनुरोध प्रगतिशिल युवा क्लवले “संगठित युवा नै समाज परिवर्तनका संम्वाहक हुन” भन्ने नारा सहित सञ्चालन गरिएको आर्थिक अभियानको ४ दिनमै १लाख,९२ हजार आर्थिक संकलन भएको कार्यक्रम संयोजक शक्तिराज घिमिरेले जानकारी दिए ।

साथै संयोजक घिमिरेले भने,सफलता पाउन हातखुट्टा होइन विचार बलियो हुनु पर्छ भन्दै क्लवले पछिल्लो समयमा सोही वडा अन्तर्गत रहेका प्राथमिक तह विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्रीहरु सहयोग उपलब्ध गराउने लक्ष्य अनुरुप क्लवले स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका स्थानीय युवाहरुबाट आर्थिक सहयोग जुटाए शैक्षिक क्षेत्रबाट समुदायमा रचनात्मक कार्यको शुरुवात गरिएको संयोजक घिमिरे बताए ।