रामचन्द्रलाई देउवाको प्रश्न : ऋषि धमलासँगको अन्र्तवार्तामा के बोल्नुभएको त्यस्तो ?


काठमाडौं, ८ माघ । राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज उम्मेद्धवार चयनको लागि छलफल बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच चर्काचर्की नै परेको एक नेताले जानकारी दिए ।

आफूसँगको भेटवार्तामा जहिलेपनि भागबण्डाको कुरा गर्ने गरेको भन्दै पौडेललाई देउवाले आक्रोश पोखेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘हिजो ऋषि धमलासँगको अन्र्तवार्तामा के बोल्नुभएको हो ? जे पायो त्यही बोल्ने ?’ शीर्ष नेताहरुवीचको छलफल जारी छ ।