Logo

फुलकुमारी ट्रष्ट सहयोगार्थ निर्मित भैरवाश्रम माविको भवन समुद्धघाटन



गोरखा, फुजेल–८ माघ । फुलकुमारी महतो मेमोरियल ट्रष्टको सहयोगमा निर्माण गरिएको श्री भैरवाश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज समुद्धघाटन भएको छ ।

विद्यालय स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसरमा सोमबार उक्त नवनिर्मित भवनको पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र ट्रष्टका अध्यक्ष, बरिष्ठ समाजसेवी एवम् गैर–आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संयुक्त रुपमा समुद्धघाटन गरेका हुन् ।

गण्डकी गाउँपालिका–३ फुजेलस्थित् उक्त विद्यालय ०७२ सालको विनाशकारी महाभुकुम्पबाट क्षतिग्रस्त भएको थियो । डा. भट्टराईले विद्यालय भवन उद्धघाटन् गर्दै भने,‘भुकम्पले गोरखा तहनस भएको थियो, हामी त्यतिवेलापनि यो जिल्लामा घुमेका थियौं, यो विद्यालय प्राविधिक शिक्षा पढाई हुने (सिटीभिटीबाट मान्यता प्राप्त’ एक मात्रै विद्यालय भएको हुँदा यसमा हाम्रो विशेष ध्यान गएको हो, मैले सुरुमै समाजसेवी डा. उपेन्द्रजीसँग सल्लाह गरेर भवन बनाउन आग्रह गरेको थिएँ, उहाँले पनि खुशी भएर डोनेट गर्नुभएकैले आज यो नयाँ भवन निर्माण भएर हस्तान्तरण गर्न पाईयो, यो हामी सबैको लागि खुशीको कुरा हो।’

उनले यो सामाजिक कार्यको सम्पूर्ण जस फुलकुमारी ट्रष्टलाई जाने भन्दै यसको धन्यवादको पात्र उपेन्द्र महतो भएको समेत बताए ।

ट्रष्टका तर्फबाट अध्यक्ष डा. महतोले भुकम्पले क्षतिग्रस्त भएर पठपाठनमा नै असर परेको अवस्थामा उक्त विद्यालयलाई र्निाण गरेर हस्तान्तरण गर्न पाउँद आफ्नो परिवार खुशी रहेको प्रतिक्रिया दिए ।

उनले भने,‘०७२ सालमा जुन ठूलो विनाशकारी भुकम्प गयो, यसले नेपालको अर्थतन्त्रमा ठूलो असर परेको थियो, त्यसमा पनि विद्यालयहरु धेरै क्षतिग्रस्त भएका थिए, मुलुक विकासको लागि सबैभन्दा ठूलो आधार नै शिक्षा हो भन्ने कुरालाई ध्यानमा राखेर हामीले विद्यालय पूर्ननिर्माणमा जोड दिएका थियौं, र यो विद्यालयपनि त्यसैको प्रतिफल हो ।’

ट्रष्टले निर्माण सम्पन्न गरेर सुम्पिएको यो पहिलो विद्यालय भएको पनि उनले जानकारी दिए । उनले भने,‘हामीले भुकम्पपछि अन्य ठाउँमा समेत विद्यालय निर्माणको घोषणा गरेका थियौं, तीमध्ये निर्माण कार्य सम्पन्न गरे हस्तान्तरण गरेको यो पहिलो स्कुल हो, आज यो प्रागङमा तपाई अभिभावक र विद्यार्थीहरुलाई देख्दा हामी हर्षित छौं, यो कार्यलाई पनि हामीले सामुदायिक अभियानकै रुपमा लिएका छौं।’

कार्यक्रममा ट्रष्टका तर्फबाट उपाध्यक्ष एवम् पूर्व सांसद डा. विरेन्द्र प्रसाद महतो, सचिव जुलीकुमारी महतो र संस्थापक संरक्षक रामआशिष साहु सुडीको उपस्थिति रहेको थियो ।

२८ कोठे आरसिसी भवनका ब्लक ए, ब्लक बि, ब्लक सि र ब्लक डि गरि चार वटा ब्लकहरुमा ट्रष्टले २ करोड रुपैयाँ लगानी गरेको थियो । विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दवाडी हुन् । विद्यालय परिसरमा फुलकुमारी महतोको प्रतिमा समेत आज प्रतिष्ठापन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्