Logo

अन्ततः मधेशमा कांग्रेस, राजपा र फोरमको गठबन्धन बन्यो



काठमाडौं, ९ माघ । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि २ नम्बर प्रदेशको लागि कांग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरमवीच नै लोकतान्त्रिक गठबन्धन बनेको छ । चुनावमा तालमेल गर्ने निर्णय भएको छ ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनसँग कुरा नमिलेपछि राजपा र फोरम नेपालका नेताहरु कांग्रेससँग सम्झौता गर्नेगरि आज साँझ बालुवाटार पुगेका थिए । उक्त बैठकमा नयाँ समझदारी बनेको हो । मधेशवादी दल र नेपाली काँग्रेसबीच राष्ट्रिय सभाको सिट बाँडफाँड गर्ने सहमति बनेको छ ।

काँग्रेससँग ६ वटा सिटमा तालमेल गर्ने मधेसवादी दलले सहमति गरेका हुन् । प्रदेश नम्बर २ मा आठ वटा सिट रहेका छन् । नयाँ सहमति अनुसार फोरमले दलित र महिला सिट लिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्