Logo

एमालेका सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्



१० माघ, काठमाण्डौ । नेकपा एमालेका केही सक्रिय तथा प्रभावशाली नेताहरु राष्ट्रियसभाको उम्मेदवार बन्न असफल भएका छन् । शक्तिशाली मानिने पोलिटव्यूरो सदस्य र स्थायी समितिका सदस्यहरु नै उम्मेदवार बन्न नपाएका हुन् । जसले प्रदेश सभा र प्रतिनिधिसभाको चुनावमा पनि टिकट पाएका थिएनन् ।

प्रदेश सभा र प्रतिनिधिसभाको चुनावमा पनि टिकट नपाएका नेताहरुलाई राष्ट्रियसभामा ल्याउने अपेक्षा गरिए पनि समावेश हुन सकेनन् ।

अग्नी खरेल, भरतमोहन अधिकारी, महेन्द्रबहादुर पाण्डे, केशव बडाल, प्रदिप नेपाल, ठाकुर गैरे, युवराज कार्की, पुष्प कँडेल, सोमनाथ प्यासी, विष्णु रिमाल लगायतका सक्रिय नेताहरुले नै अवसर नपाएपछि अलोचना भइरहेको छ । त्यसैगरी युवराज ज्ञवाली, अमृतकुमार बोहोरा र केशव बडालले पनि राष्ट्रियसभाको चुनावमा टिकट पाएनन् ।

यि हुन् एमालेबाट राष्ट्रियसभामा उम्मेदवारी बनाइएका नेताहरु
प्रदेश १
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. पर्शुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश २

१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौं
३. सिंहबहादुर विक (दलित), सिन्धुपाल्चोक
४. बलराम बास्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला), काठमाडौं
६. रामचन्द्र राई (अल्पसंख्यक), मकवानपुर
प्रदेश ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश ५
१. रामलखन हरिजन (दलित), नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रूपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया विष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेल्धुरा



प्रतिक्रिया दिनुहोस्