Logo

संघीयताले देशको दुर्दशा हुने कुराले मलाई सताएको छ : चित्रबहादुर केसी



१० माघ, काठमाण्डौ । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशको दुर्दशा हुने कुराले आफूलाई सताएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले संघीयताका कारण प्रादेशिक विग्रह सुरु भएको भन्दै केसीले नेपालले संघीयता धान्न नसक्ने बताए ।

“संघीयताले देशको दुर्दशा हुने भयो भनेर चिन्ताले मलाई सताएको छ ।” उनले भने ।
दुर्दशा होला कि विकास होला भन्ने धमलाको प्रश्नको जवाफ दिदै केसीले २,४ वटा सरकार चलाउन नसक्नेले ७ सय ५३ वटा सरकार चलाउनुपर्ने चुनौतिको सामना गर्नुपरेको बताए ।

“मागेको खर्च, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व बैँकले दिएको ऋणले कस्तो खालको संघीयता होला ?” केसीले प्रश्न गरे ।
देशको स्थिती देख्दा चिन्ता लागेको भन्दै पछिल्लो समय आफू कम बोल्ने गरेको केसीले बताए ।

स्थानीय निकायको चुनाव सकिएको नौ महिना वितिसक्दासमेत कुनै काम नभएको अरोप लगाउँदै केसीले ति निकायमा कर्मचारी व्यवस्थापनसमेत हुन नसक्नु दुखद भएको बताए ।

केसीले आफ्नो दल सरकारमा जाने पक्षमा नरहेको बताएका छन् । चुनावमा वाम गठबन्धनसँग सहकार्य भए पनि सरकारमा जाने विषयमा छलफल नभएको उनले बताए ।

अहिले सरकारमा जाने विषयमा छलफल नै नगरिएको केसीले स्पष्ट पारे ।

एमाले–माओवादीसँग पार्टी एकता गर्ने विषयमा पनि आफूहरुले कुनै छलफल नगरेको उनले बताए । बाहिर चर्चा भए पनि आफूहरुले यस विषयमा चासो नदिएको उनको भनाई थियो ।

एमाले–माओवादी पार्टी एकताबारमा बोल्दै केसीले मिले राम्रो हुने बताए । “एकता गर्छौँ भनेका छन् । त्यो त परिणामले देखाउँछ । उनीहरुले एकता गछौँ, स्थिर सरकार दिन्छौँ, भ्रष्टाचारको अन्त्य गछौँ भनेर भन्दै आएका छन् ।” केसीले भने ।

नेपाली कांग्रेसले प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाउँछौँ भनेर पार्टी एकता विथोल्ने प्रयास गरेको केसीको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्