Logo

म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाइनलमा प्रवेश



काठमाडौं, १० माघ। ब्रिस्टोल सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । ई.एफ.एल कप वा काराबाओ कप पनि भनिने प्रतियोगिताको सेमीफाईनल दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटी ३-२ ले विजयी भयो ।

खेलमा सिटीलाई विजयी गराउन लेरोए साने, केभिन डे ब्रायन र सर्जीयो अगुएरोले एक एक गोल गरे । ब्रिस्टोल सिटीका मार्लन प्याक र एडन फ्लीन्टले दुई गोल फर्काए ।

पहिलो लेगमा २-१ को अग्रता लिएको म्यान्चेस्टर सिटीले समग्रमा खेल ५-३ ले आफ्नो पक्षमा पारेको हो । सिटीले अब उपाधिका लागि चेल्सी र आर्सनलमध्ये एक टोलीसँग खेल्नेछ । पहिलो लेगमा गोलरहित बराबरी खेलेका चेल्सी र आर्सनलबीचको सेमिफाइनल दोस्रो लेगको खेल आज राती हुँदैछ ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्