Logo

कारबाहीमा २३ जना आतङ्ककारी मारिए



अफगानिस्तान, १० माघ । आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षाकारबाहीमा २३ जना आतङ्ककारी मारिएका छन् । पूर्वीप्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार आइएस लडाकू मारिएका प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टाभित्र बुधबार बिहानसम्म पनि जारी सो कारबाहीका क्रममा ती लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा सोमबार बिहानबाट मङ्गलबार बिहानसम्म हवाई कारबाहीसमेत गरिएको जनाइएको समाचारमा उल्लेख छ ।

यसै महिनाको सुरुबाट नान्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ । यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा पनि केही आतङ्ककारी मारिएको अनुमान गरिएको छ ।

सुरक्षाबलले तालिवान आतङ्ककारी समूहले लुकेर बसेका आखाडा लक्षित हवाई कारबाही गरेको थियो । यस सुरक्षा कारबाहीमा परी ठूलो सङ्ख्यामा हताहत भएको अनुमान गरिएको सैनिक प्रवक्ता नसरातुल्लाह जमसिदीले जानकारी दिनुभएको छ । तर ती के कति सङ्ख्यमा हताहत भएका छन् भन्ने बारेमा भने केही पनि खुलाइएको छैन । रासस



प्रतिक्रिया दिनुहोस्