Logo

विशेष अदालतद्धारा चक्रे मिलनलाई सफाइ



काठमाडौं, १० माघ । सरकारले कुनै पनि प्रमाणबाट पुष्टि गर्न नसकेको भन्दै विशेष अदालत काठमाडौले चक्रे मिलन भन्ने मिलन गुरुङलाई सम्पत्ती शुद्धीकरणको मुद्दामा सफाइ दिएको छ ।

सरकारले २०७० जेठ ५ गते गुरुङ दम्पती विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलाशले चक्रे मिलन र श्रीमती इन्दिरा घले गुरुङलाई ७ करोड ८१ लाख ७ हजार २ सय ६५ रुपैयाँ ४१ पैसा सम्पत्ती शुद्धीकरण (मनि लाउड्रिङ)मुद्दामा सफाइ दिएको हो ।

नेपाल सरकारले प्रमाणबाट पुष्टि गर्न नसकेकाले मिलन गुरुङ र उनकी पत्नी इन्दिरालाई सफाइ दिएको अदालतको फैसलामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्