Logo

राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी



काठमाडौँ, १० माघ : राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११ प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उच्च अदालत भएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ भने तिनै जिल्लामा निर्वाचन केन्द्र तोकिएको छ । राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने उक्त निर्वाचनका लागि दुई हजार ५६ जना मतदाता कायम गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्