Logo

चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा प्रवेश



काठमाडौं, ११ माघ । चेल्सीलाई हराउँदै आर्सनल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।गएराति आर्सनलको मैदानमा भएको सेमिफाईनल दोस्रो लेगको खेलमा घरेलु टोली २–१ ले विजयी भयो ।

पहिलो लेगमा गोलरहित बराबरी खेलेका दुई टोलीबीच गएराती भएको भिडन्तमा चेल्सीले अग्रता लियो ।सातौं मिनेटमै एडिन हाजार्डले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिए ।

तर १२ औं मिनेटमा एन्टोनियो रुडिगरले आत्माघाति गोल गरेपछि आर्सनलले खेलमा बराबरी गर्ने अवसर पायो ।६० औं मिनेटमा ग्रानिट झाकाले एक गोल थप्दै आर्सनललाई विजयी गराए । जितसँगै आर्सनलले म्यान्चेस्टर सिटी विरुद्धको उपाधि भिडन्त तय र्गयो ।

पहिलो सेमिफाइनलमा ब्रिस्टोल सिटीलाई पाखा लगाउँदै म्यान्चेस्टर सिटी काराबाओ कप पनि भनिने लिग कप फुटबलको फाइनलमा पुगेको थियो ।

(एजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्