Logo

चुनाव जित्ने महेश जाजुको यस्तो छ फुर्मल्ला



काठमाडौं, ११ माघ । नेपाली काँग्रेसबाट राष्ट्रिय सभाको लागि १ नम्बर प्रदेशका उम्मेद्धवार बनेका उद्योग व्यवसायी तथा समाजसेवी महेश जाजु यतिवेला चुनाव जित्नेगरि आन्तरिक गृहकार्यमा जुटेका छन् ।

उद्योग व्यवसायी तथा समाजसेवी जाजु अल्पसंख्यकबाट उम्मेद्धवार बनेका हुन् । उनले आफूलाई साझा उम्मेद्धवारको रुपमा चित्रण गरेका छन् । एशियन थाई फुड्स प्रा.लिका प्रबन्ध निर्देशक तथा समाजसेवी जाजुको योगदानलाई उच्च कदर गर्दै कांग्रेसले उनलाई टिकट दिएको हो ।

विगत लामो समयदेखि काँग्रेसमा सक्रिय रहेका जाजुलाई यो पटक उम्मेदवार बनाईएको छ । पार्टी स्रोतका अनुसार जाजुको क्षमता तथा सक्रियतालाई कदर गर्दै उम्मेदवार बनाईएको हो । जाजुले पनि आफ्नो उम्मेद्धवारी भनेको नै प्रदेश नम्बर १ को समृद्धि र विकासको लागि भएको जनाउँदै आएका छन् ।

प्रदेश नं १ का लागि टिकट पाउनेहरुमा जाजुसहित विन विश्वकर्मा, रमेशजंग रायमाझी (खुला), सरिता प्रसाई (महिला) रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्