Logo

नेपाल–भारत सम्बन्ध अब विकासको अधारमा कायम हुनुपर्छ : बराल



काठमाडौं, ११ माघ । भारतका लागि पूर्व नेपाली राजदुत एवम् परराष्ट्रविद प्रा। लोकराज बरालले नेपाल र भारतवीचको सम्बन्ध अब पूरानो माईण्डसेट अनुसार चल्न नहुने धारणा राखे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले सिमाना मिचियो भनेर नारावाजी गर्ने काम भएको छ, यस्तो गर्नुहुँदैन्, यदि समस्या छ भनेपनि कुटनैतिक रुपमा हल गर्नुपर्छ।’ विकास, स्थायित्व र शान्तिको लागि दुई देशवीच सहकार्य हुनुपर्ने उनको भनाई थियो ।

बरालले द्धिपक्षीय सम्बन्ध अब विकासको आधारमा कायम हुनुपर्नेमा जोड दिए । त्यसको लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उनको भनाई थियो । उनले भने,‘नेपालले अब त्यतातिर ध्यान दिनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्