Logo

शीर्ष नेताहरु भारतीय दुतावासतिर, केपी ओली पोखरातिर



१२ माघ, काठमाण्डौ । छिमेकी मुलुक भारतले आज ६९ औँ गणतन्त्र दिवस मनाउँदैछ । नेपालस्थित भारतीय राजदुतावासमा गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपालका विभिन्न संघसंस्थालाई दुतावासले दिवसका अवसरमा सहयोग प्रदान गर्ने परम्परा छ । सोही अनुसार आज पनि दुतावासले विभिन्न सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको दुतावास स्रोतले जनाएको छ ।

दिवसकै अवसरमा नेपालका लागि भारतीय राजदुत मन्जित सिंह पुरीले दिवा भोजको आयोजना गरेका छन् । आज दिउँसोका लागि आयोजित दिवा भोजमा दुतावासले नेपालका प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायत दलका शीर्ष नेताहरुलाई निम्तो दिएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष प्रचण्ड लगायत मधेशवादी दलका शीर्ष नेताहरुलाई दुतावासले दिवा भोजमा बोलाएको छ ।

पार्टीका शीर्ष नेतासहित अन्य दोस्रो तहका नेताहरु भोजमा सहभागि हुने बताइएको छ । तर एमालेका अध्यक्ष ओली दुतावासको निम्तो तथा भारतको गणतन्त्र दिवसका दिन पोखरामा आयोजित एक कार्यक्रममा जाने बताइएको छ ।

रेडियो तथा एफएम संचालकहरुको एक कार्यक्रममा सहभागि हुन ओली पोखरा जान लागेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्