Logo

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको टोली शनिबार नेपाल आउँदै



काठमाडौं, १२ माघ । नेपाली क्रिकेटको विवाद समाधानको प्रयास गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टोली भोलि (शनिबार) नेपाल आउँदैछ ।

आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा नेतृत्वको टोलीले आईतबार सल्लाहकार समितिसँग छलफल गर्ने कार्यक्रम छ । लामो समयदेखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहेको अवस्थामा हुन लागेको आईसीसी टोलीको पछिल्लो भ्रमणले विवाद समाधानमा केही आशा जगाएको छ ।

देशभित्रैबाट विवाद समाधानको पहल गर्न आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाए पनि उक्त समितिले प्रभावकारी काम गर्न सकेको छैन । समितिकै अग्रसरतामा क्यानको नयाँ विधान मस्यौदा गरिए पनि एउटा पक्षले उक्त विधानमा मनोमानी संशोधन गरेपछि आईसीसीले यसलाई मानेको छैन ।

आईसीसीले निलम्बित क्यान पुनर्गठन गर्न चित्तबुझ्दो कारण र आधार पेश गर्न दिएको मध्य डिसेम्बरसम्मको समय यसै सकिएको छ । फेब्रुअरीमा आईसीसीको बोर्ड बैठक बस्ने भएकोले विवाद समाधानको अन्तिम प्रयास गर्न टोली काठमाडौं आउन लागेको हो ।

यो भ्रमणमा समेत सहमति नजुटे फेब्रुअरीको बैठकबाट क्यानको सदस्यता नै खारेज गर्नेसम्मको विकल्प आईसीसी टोलीले खुला राखेको चेतावनी यसअघि नै दिईसकेको छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्