Logo

अमेरिका–चिनबिचको प्रतिस्पर्धाले ठूला कम्पनी प्रभावित



१२ माघ । पछिल्लो समय विश्व अर्थतन्त्रमा अमेरिका र चिनले सफलताको फड्को मार्न सफल भएका छन् । आर्थिक विकासको कुरा गर्दा यि दुई देश उदाहरणकै रुपमा प्रस्तुत हुने गर्दछन् । पछिल्लो समय अमेरिका र चिनबिच प्रतिस्पर्धा पनि बढेको छ । जसका कारण केही ठूला कम्पनीहरुमा नाकारात्मक असर पर्ने देखिन्छ ।
व्यापारमा एक अर्कालाई प्रतिस्पर्धी मान्दै आएका अमेरिका र चिनबिचको लडाइले ठूला कम्पनीहरु प्रभावित हुने देखिएको छ । वासीङ्गटन र बेइजीङ्गको व्यापारीक युद्ध बढ्दै जाँदा एप्पल, बोइङ्ग र ईन्टेल जस्ता अमेरिकी कम्पनीहरुलाई नोक्सान हुने अनुमान गरिएको हो ।

गत सोमवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीकामा रहेका सबै चाइनीज सोलार कम्पनीहरुको चर्को कर तालिका घोषणा गरेका थिए । चीन सरकाले भने अमेरिकाको उक्त कदमप्रति असन्तुष्टी व्यक्त गरेको छ ।

यस्ता खालका व्यापारीक कदमले चीन र अमेरिका बिचको सम्बन्धमा फाटो आउन सक्ने देखिन्छ । अमेरिकाले यस्तै गरीरहने हो भने चीनले पनि बदला लिने अनुमान गरीएको छ । कुन उत्पादन वा उद्योगमा चिनले हानी पु¥याउनेछ भन्ने निश्चत नभएतापनि धरै त्यस्ता कम्पनीहरु चीनको नजरमा रहेका छन् । चीनको पहिलो निसाना बोइङ्ग हुने अनुमान गरीएको छ ।

अमेरिकी जहाज कम्पनी बोइङ्गले १० बिलियन डलर भन्दा बढिको जहाज चाइनालाई बेच्ने सम्झौता गरेको थियो । बोइङ्गको साटो चीनले एरबस खरीद गर्ने हो भने अमेरिकी कम्पनी बोइङ्गलाई भारी घाटा हुनेछ । अमेरीकाको चीनमा निर्यात हुने वस्तुमा सोयाबिन पनि पर्दछ । २०१६ डिसेम्बरदेखी २०१७ नोभेम्बरमा मात्र चाइनामा अमेरिकाले २२.५ बिलियन डलरको सोयाबिन नीर्यात गरेको थियो ।

चिन नै उक्त वर्ष १३ बिलियन डलरको सोयाबिन बेचेर सबैभन्दा ठुलो ग्राहक बनेको थियो । यती मात्रै नभै अमेरिकी कम्पनी एपलको मुख्य बजारनै चीन हो । चीनका मुख्य बजारमानै ७ प्रतिशतभन्दा बढि एप्पलका सामान बिक्रि हुने गर्दछन् । चीनका बजारमा पनि एपललाई टक्कर दिने फोनहरु पाइन थालेका छन् ।

हुवावे, ओपो, भीभो, जीओमी जस्ता बजारमा तहल्कै मच्चाएका फोनहरु चीनकै उत्पादन हुन् । यसका साथै क्वालकम र इन्टेल पनि चाइनामा बजार पाएका अमेरिकी कम्पनीहरु हुन् । चीन यी साधनका विश्वमै सबैभन्दा ठुलो उपभोक्ता पनि हो । चीनमा रहेका यी कम्पनीहरुमाथी चीनले कर वृद्घि गर्ने हो भने अमेरिका भारी घाटामा जाने अनुमान गरीएको छ ।

इन्टेलले २०१० मा २.५ बिलियन को लगानी चाइनामा उत्पादनमा लगाएको थियो भने गत नोभेम्वरमा ट्रम्पको चीन भ्रमणमा क्वालकमको लागी १२ बिलियन डलरको सम्झता पनि चीनसँग गरेका थिए ।

यदि चीनले पनि अमेरिकी उद्योगहरुमाथी यसरी नै बन्देज र दबाब लगाउने हो भने अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिन्छ । अमेरिकाले वर्षौदेखी ठुला र छिटो बढ्ने व्यापार गरेर चिनलाई टक्कर दिदै आएको छ । चिनले पनि आफू कमजोर छैन भनेर अमेरिकालाई कडा चुनौति दिन सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्