Logo

अबका पाँच वर्ष हाम्रा लागि अवसर र चूनाैति हुन : “प्रचण्ड”



काठमाडौं, १२ माघ। पूर्वप्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनाैति दुवै भएकाे बताउनु भएकाे छ।

रुपन्देहीकाे देवदहमा अायाेजित चाैंथाे राष्ट्रिय अाैद्याेगिक व्यापार मेलाकाे उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “जनताले बामपन्थीहरुलाई विश्वास गरेका छन्। कम्युनिष्टहरुकाे बहुमत अाएकाे छ। याे हाम्रा लागि राजनीतिक स्थिरता, अार्थिक विकास र सुशासनकाे पक्षमा दिएकाे अवसर हाे। जनताले निकै ठूलठूला अपेक्षा गरेका छन्। राम्राे काम गर्न सक्यौं भने हामीलाई फेरी पनि अवसर अाउने छ। सक्छौ कि सक्दैनौं ? याे हाम्रा लागि चुनाैति पनि हाे। अब विकास र सुशासनकाे विकल्प छैन, हामीले सक्नैपर्दछ।”

“देशले अब पनि राजनीतिक अराजकता र अस्थिरता सहन सक्दैन, समृद्धिकाे नयाँ युगतिर हामी जानै पर्दछ” प्रचण्डले भन्नुभयाे, “जलविद्युत र पर्यटन विकासमा हामीले जाेड गर्नुपर्दछ। देवदह गाैतम बुद्धकाे मावलीघर पनि हाे। हामीले बुद्ध सर्किटभित्र यसलाई राखेर पर्यटनकाे विकास गर्नेछौं। देवदहमा बाैद्ध विश्वविद्यालयकाे स्थापनामा मेराे पुरै सहयाेग रहनेछ।”

“अहिले ताेकिएका केन्द्र अस्थायी हुन्। यी प्रदेशका राजधानी हाेइनन्। प्रदेशकाे राजधानी ताेक्ने अधिकार प्रादेशिक संसदलाई मात्र छ” नेपालगञ्जमा अायाेजित प्रादेशिक महाेत्सवमा प्रचण्डले भन्नुभयाे, “प्रदेशभित्र सबै साधन स्राेत एकै ठाउँमा राख्नु हुँदैन। एउटै प्रदेशभित्र पनि प्रदेश राजधानी, मन्त्रालय र अन्य सरकारी कार्यालय फरक फरक ठाउँमा राख्नु राम्राे हुन्छ। प्रदेशभित्र पनि अधिकारकाे बाँडफाँड गरिन्छ।”



प्रतिक्रिया दिनुहोस्