Logo

हिरक महोत्सवको दोस्रो दिन डेढ करोड आर्थिक संकलन



गुल्मी १२ माघ । बाग्लुङ्गको जनजागृति माध्यमिक विद्यालयको हिरक महोत्सव सञ्चालन भइरहदा विद्यालयको लागि आर्थिक सहयोग पनि थपिदै गएको छ । हिरक महोत्सवको दोश्रो दिनसम्म विद्यालयलाई यस क्षेत्रका विभिन्न स्वदेश तथा विदेशमा रहेका स्थानीय बासिन्दाहरुबाट विद्यालयको भौतिक संरचना विकासको लागि १ करोड ५० लाख बराबरको आर्थिक सहयोग जुटेको विद्यालयका सुचना संयोजक एंव सहायक प्रधानाध्यापक डिल बहादुर बुढाथोकीले जानकारी दिए ।

गल्कोट नगरपालिका वडा नं. ८ काँडेबास स्थित जनजागृति माध्यमिक विद्यालयको ६० औ बर्ष पूरा गरेको अबसरमा गत बुधवारदेखि विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सहित विद्यालयले हिरक महोत्सव मनाइरहेको छ । महोत्सव आउँदो आइतबारसम्म सञ्चालन हुने समेत विद्यालय श्रोतले जनाएको छ । तस्बिर–कौरव खत्री



प्रतिक्रिया दिनुहोस्