पोखरा, १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन हल्ला गर्ने विषय नभएको स्पष्ट पारेका छन् ।
सामुदायिक रेडियो प्रशारक संघको पोखरा सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्द्रित दलहरु कांग्रेससँग मिलेको गुनासो पोखे ।
ओलीले वाम र मधेसी गठबन्धन मिल्दा दुई तिहाई पुग्ने बताए । उनले भने,‘यदि संविधानमा कुनै विभेद छ भन्ने आउनुस्, छलफल गरौं । तत्काल हटाइन्छ ।’
कार्यक्रममा राजपा महासचिव मनिष सुमनले संविधान संशोधन हुनुपर्ने बताएका थिए ।
प्रतिक्रिया