Logo

नेइमारलाई क्लब छोड्ने विषयमा सर्त



पेरिस, १३ माघ : यही सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका ब्राजिलियन स्टार नेइमारलाई क्लब छोड्ने विषयमा सर्त आएको छ।

पिएसजीका अध्यक्ष नासिर अल–खेलाइफीले नेइमारलाई पिएसजी छोड्नका लागि शर्त राखेका हुन्। बिबिसीका अनुसार अल–खेलाइफी २५ वर्षे नेइमारलाई रियल मड्रिड जानका लागि पिएसजीलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउनुपर्ने शर्त राखेका हुन् ।

नेइमारले पिएसजीमा २३ खेलमा २४ गोल गरिसकेका छन्। उनी कीर्तिमानी मूल्यमा पिएसजी आए पनि रियल जान चाहेको र रियलले पनि उनका लागि कीर्तिमानी मूल्य नै तिर्ने तत्परता देखाएको खबर बाहिर आएपछि अध्यक्षको यस्तो भनाई आएको हो।

क्रिष्टियानो रोनाल्डोको प्रदर्शन कमजोर भइरहेका बेला नेइमार रियल आएर त्यहाँको प्रभावशाली खेलाडी बन्ने दाउमा छन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्