Logo

फिलिप कौटिन्होद्धारा क्लबमा डेब्यु



बार्सिलोना, १३ माघ  :लिभरपुलबाट बार्सिलोना गएका मिडफिल्डर फिलिप कौटिन्होले बिहिबारबाट क्लबमा डेब्यु गरेका छन् ।बिहीबार एस्पान्योलसँग २-० को जित रच्दा कौटिन्हो दोस्रो हाफमा आन्द्रेस इनिएस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए।

खेलको ६८ हौं मिनेटमा मैदान छिरेका कौटिन्होले पहिलो टच लियोनेल मेसीको पासमा लिएका थिए। त्यसपछि केही समयमै उनलाई बक्स नजिक लडाएपछि बार्साले फ्रिकिक पाएको थियो। त्यसलाई मेसीले पोलभन्दा धेरै बाहिर प्रहार गरेका थिए।

खेलको ७५ औं मिनेटमा कौटिन्होको पासमा सुआरेजको प्रहार एस्पान्योलका गोलरक्षकले बचाएका थिए। बार्सिलोनाबाट पहिलो खेल भए पनि खेलमा उनले निकै सम्हालिएर खेले। उनको फुटवर्क र खेल्ने शैली बुझ्न २२ मिनेट पर्याप्त रह्यो। ब्राजिलको राष्ट्रिय टोलीका नियमित खेलाडी कौटिन्होले १४ नम्बरको जर्सी लगाएर मैदान छिरेका थिए।एजेन्सी



प्रतिक्रिया दिनुहोस्