Logo

बालबालिकालाई न्यानो कपडा वितरण



जाजरकोट, १३ माघ (रासस) : यहाँको जुनिचाँदे गाउँपालिकाको विभिन्न वडामा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

सामुदायिक विकास कार्यक्रमद्वारा केही दिन अघि भाइरलबाट प्रभावित भएका एक वर्षमुनिका १७० बालबालिकालाई वितरण गरिएको छ ।

जिल्लाको जुनिचाँदे गाउँपालिका १, २, ३ र ४ का बालबालिकालाई वितरण गरिएको हो । घर, घरमा गएर कपडा वितरण गरिएको कार्यक्रमका मनु घर्तीमगरले बताउनुभयो ।

भाइरल प्रभावित क्षेत्रमा अत्यधिक चिसो हुँदा निकै समस्या भएको गुनासो बढेपछि कपडा वितरण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्