Logo

नेपाल र उज्वेकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना



काठमाडौँ, १३ माघ । नेपाल र उज्वेकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै विश्वका १५८ देशसँग नेपालको दुईपक्षीय सम्बन्ध विस्तार भएको छ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसंघका लागि नेपाल र उज्वेकिस्तानका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र वाक्टियोर इब्रागिमोभले शुक्रबार न्यूयोर्कस्थित स्थायी नेपाली नियोगमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।

न्यूयोर्कस्थित स्थायी नेपाली नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापनाबारेको जानकारी राजदूतद्वयले राष्ट्रसंघका महासचिवलाई संयुक्तपत्रमार्फत गराए।

तीन करोड ३२ लाख जनसंख्या भएको उज्वेकिस्तान नेपालजस्तै भूपरिवेष्टित विकासोन्मुख मुलुक हो। संयुक्त राष्ट्रसंघ, अन्य बहुपक्षीय मञ्च तथा असंलग्न आन्दोलनमा दुवै देशले सहकार्य गर्र्दै आएका छन्। रासस



प्रतिक्रिया दिनुहोस्