Logo

त्रिभुवन माविको स्वर्ण महोत्सव उद्घाटन राष्ट्रपति भण्डारीद्धारा गरिने



कौरव खत्री : गुल्मी १३ माघ ।गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयले फाल्गुनमा स्र्वण महोत्सव गर्ने भएको छ ।मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदिले रहेको त्रिभुवन माध्यमिक विद्यालयले आउँदो फाल्गुन ४ मा हुने महोत्सवको उद्घाटनमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

नमूना विद्यालय बनाउन र प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य अनुसार विद्यालयले आँउदो फाल्गुनमा स्र्वण महोत्सव मनाउन गइरहेको छ ।

स्र्वण महोत्सवलाई लक्षित गदै विद्यालयले हालसम्म ७५ लाख,९४हजार,८सय,७५ रुपैया लाख भन्दा बढिको आर्थिक सहयोग जुटाएको छ ।

महोत्सव नजिकीदै गर्दा विद्यालयले आर्थिक संकलन अभियान देश तथा विदेशमा समेत तिव्रताका साथ अगाडी बढाइरहेको विदालयका शिक्षक रायमाझीले जानकारी दिनुभयो । महोत्सव आँउदो फाल्गुन ३ देखि ७ गतेसम्म सञ्चालन हुन गइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्