Logo

ओली र भारतीय राजदुतको सम्बन्ध यसरी छल्कियो



काठमाडौँ, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीवीच पछिल्लो समय अत्यन्तै घनिष्ठ सम्बन्ध देखिएको छ ।

नेपालमा निर्वाचन सम्पन्न भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रमुख दलका नेताहरुलाई फोन गरेर बधाई दिएका थिए । त्यसको एक महिना पनि नबित्दै मोदीले एमाले अध्यक्ष ओलीलाई दोहोर्याएर फोन गर । फोनमा विशेष कुराकानी भएको थियो ।

मोदी र ओलीवीचको फोन सम्बाद गराउन राजदुत परीकै ठूलो हात छ । उनले नै पहलकदमी लिएका थिए । ओली र पुरीवीच लगातार भेटवार्ता भैरहेको छ । २६ जनवरीको दिन नेपालस्थित् भारतीय दुतावासले आयोजना गरेको विशेष समारोहमा ओलीलाई निम्तो दिन राजदुत बालकोट पुगेका थिए । तर, उनी आएनन् । विशेष कारणले उनी पोखराको एक कार्यक्रममा सहभागी हुन गएका थिए ।

तर हिजो साँझ भारतीय राजदूतावासको कार्यक्रममा भने ओली अत्यन्तै हर्षित मुद्रामा उपस्थिति भए । शुक्रबारको कार्यक्रममा सहभागी नभएका ओली शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि भएको कार्यक्रममा सहभागी भएका हुन् ।

भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा यहाँ शनिबार आयोजित सो समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

समारोहमा नेकपा (एमोल) का अध्यक्ष केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रममा भारतीय कलाकारले हिन्दी र नेपाली गीत प्रस्तुत गरेका थिए । ओलीलाई स्वागत गरिरहेका बेला राजदुत पुरी निकै खुशी भएका थिए । ओलीले अघिल्लो दिनको कार्यक्रममा सहभागी हुन नपाएको बारे यसअघि नै सन्देश प्रवाह गरिसकेका थिए । तर, हिजो भेटेर नै राजदुतसँग उनले कुरा गर्न भ्याए ।



प्रतिक्रिया दिनुहोस्