विराटनगर, १४ माघ । नेकपा एमालेका नेता एवं पूर्व संचारमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न आफु चुनाव लड्न समेत तयार रहेको बताएका छन् ।
विराटनगरमा संचारकर्मीसंग कुराकानी गर्दै उनले पार्टीको स्थायी समितिले गरेको निर्णय आफ्ना लागि मान्य हुने बताउँदै यदि संसदीय दलको नेता चयन गर्न चुनाव नै हुने हो भने पनि आफू पछि नहट्ने स्पष्ट पारे ।
प्रदेश एकको मुख्य मन्त्री दावी गर्दै भोजपुरबाट चुनाव जितेका राईले यो क्षेत्रको भौगोलिक र ऐतिहासिकताका हिसावले पनि आफू उम्मेदवारका लागि योग्य रहेको ठोकुवा गरे ।




प्रतिक्रिया