Logo

राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेद्धवारलाई विजयी गराउन अन्य दलसँग कुरा गर्ने ओली–प्रचण्डको निर्णय



काठमाण्डौं, १५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच यही माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेद्धवारलाई विजयी गराउन अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेका छन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकमा हार्ने जोखिममा रहेका आफ्ना उम्मेदवारको विजय कसरी सुनिश्चित गर्ने विषयमा छलफल भएको वाम गठबन्धनका कार्यदलका सदस्य एवम् एमाले नेता सुवासचन्द्र नेम्बाङ्ले जानकारी दिए ।

ओली र प्रचण्डसहित नेताहरु माधब नेपाल, रामबहादुर थापा बादल, सुभाष नेम्वाङ र नारायणकाजी श्रेष्ठबीच राष्ट्रिय सभाका उम्मेदवारहरुको प्राथमिकता सूचीका बारेमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्