Logo

वाम गठबन्धनमा प्रदेशमा मूख्यमन्त्री र सभामुखका लागि दौडधुप, यि हुन् आकांक्षी



माघ १५, काठमाण्डौ । एमाले र माओवादीको संयुक्त कार्यदलले गरेको सहमतिअनुसार प्रदेश सरकार गठन भएमा ६ प्रदेशमा ५१ जना मन्त्री हुने भएका छन् । मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागवण्डा मिलेपछि दुबै पार्टीका आकांक्षीहरुले लबिङ सुरु गरेका छन् ।

प्रदेश १ मा एमालेले मुख्यमन्त्री सहित ७ मन्त्री पाउँदा जीवन घिमिरे, हिक्मत कार्की जगदीश कुसियत, गणेश काङवाङ, अर्जुन राई राजेन्द्र राई, राजन राई, खिनु लिम्बु, अम्बिरबाबु गुरुङलगायत मन्त्रीका प्रमुख दाबेदार हुन् । उनीहरुमध्येबाटै एकजना सभामुख हुनेछन् ।

माओवादीबाट टंक आङबोहाङ, पूर्णप्रसाद राई, इन्द्र आङ्बो, पूर्ण्सिंह राजवंशीलगायत मन्त्रीका प्रमुख दाबेदार हुन् । माओवादीले यो प्रदेशमा उपप्रमुख पाएको छ ।

प्रदेश नम्बर ३ बाट एमालेले मुख्यमन्त्रीसहित ७ मन्त्री पाउँदा अरुण नेपाल, सानुकुमार श्रेष्ठ, केशव स्थापित, कैलाश ढुंगेल, पशुपति चौलागाई, माधव पौडेल, डोरमणि पौडेल, चन्द्र लामालगायत मन्त्रीका सम्भावित नाम हुन् ।
माओवादीबाट शालिकराम जमरट्टेल, कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्काको सम्भावना हुनेछ । माओवादीले यो प्रदेशबाट उपसभामुख पाएको छ ।

प्रदेश नम्बर ४ बाट एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्री पाउँदा मीनप्रसाद गुरुङ, नरदेवी पुन, इन्द्रलाल सापकोटा, राजीव पहारी, रोशन गाहामगर मन्त्री बन्ने सम्भावना छ । माओवादीबाट दीपक कोइराला, चन्द्रवहादुर बुढा लगायतको नाम मन्त्रीको चर्चामा छ ।

प्रदेश नम्बर ५ मा मुख्यमन्त्रीसहित एमालेबाट ६ जना मन्त्री हुँदा बैजनाथ चौधरी, भोजप्रसाद श्रेष्ठ, बिष्णु पन्थी, आरती पौडेल, पुरन बज्राचार्य, कमलराज श्रेष्ठलगायत मन्त्रीको प्रतिस्पर्धामा छन् ।

माओवादीबाट कुलप्रसाद केसी, पूर्णबहादुर घर्ती, शुदर्शन बराल, इन्द्रजीत थारु, कृष्णध्वज खड्का लगायतका नेता मन्त्रीका दाबेदार हुन् । उनीहरुमध्येबाटै एक सभामुख हुनेछन् ।

प्रदेश नम्बर ६ मा माओवादीले मुख्यमन्त्रीसहित एकमात्र मन्त्री पाउनेछ । एक मन्त्रीका लागि धेरैको दाबी छ । विमला केसी, बिन्दमान बिष्ट, ठम्मर बिष्ट, धर्म रेग्मी लगायतको मन्त्रीमा दाबी छ ।

एमालेले सो प्रदेशमा ५ मन्त्री पाउँदा अन्य दाबेदारमा दल रावल, कुर्मराज शाही, चन्द्रवहादुर शाही, गुलावजंग शाह, दानसिंह परियार, अमरबहादुर थापा मुख्य दाबेदार हुन् ।

प्रदेश ७ मा माओवादीले मुख्यमन्त्रीसहित एक मन्त्री पाउँदा आधा दर्जनभन्दा बढी दाबेदार छन् । मुख्यमन्त्रीमा झपट बोहोरा र वीरमान चौधरीको चर्चा चलिरहँदा मन्त्रीका लागि त्रिलोचन भट्ट, देवकी मल्ल, मानबहादुर धामीलगायतको दाबी मन्त्रीमा छ ।

एमालेबाट ५ जना मन्त्री हुँदा प्रकाश शाह, तारा लामा तामाङ, दीर्घ सोडारी, पठानसिंह बोहोरा, गौरी ओली, लीलाधर भट्ट, अर्जुन थापा, नेपालु चौधरी लगायतको नाम चर्चामा छ । यीमध्ये एकजना सभामुख पनि हुनेछन् ।

संविधानअनुसार प्रदेश संसदको २० प्रतिशत मन्त्री बनाउन पाइने भए पनि वाम गठबन्धनले सानो आकारको मन्त्री परिषद गठन गर्न १० प्रतिशत सिलिङ तोकेको छ ।

सबै प्रदेशमा १० प्रतिशतको सहमति लागू गर्दा ४, ६ र ७ मा ५ जनाभन्दा बढी मन्त्री बनाउन नमिल्ने भएकाले ती प्रदेशलाई ध्यानमा राखेर कम्तिमा ७ देखि बढीमा ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने सहमति भएको हो ।



प्रतिक्रिया दिनुहोस्