Logo

द्धन्द्धकालका ६ जनालाई शहीद घोषणा, नेशनल ट्रेडिङ खारेज



१५ माघ, काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैठकले तात्कालिन सशस्त्र द्वन्द्वमा माओवादीद्वारा मारिएका स्याङ्जाका ६ जनालाई शहीद घोषणा गरेको छ ।
सरकारले देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मिन बहादुर बानिया क्षेत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङलाई शहीद घोषणा गरेको हो ।

त्यसैगरी आजको बैठकले नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गरिएको छ । साँझ बसेको मन्त्रिपरिषद् बैठकले घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको हो ।

त्यसैगरी अनलाइन सञ्चार माध्यम सञ्चालन निर्दे्शिकाको दोश्रो संशोधन गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु रानीजमरा कुलरीया सिंचाई आयोजना, निलगिरी जलविद्युत् आयोजना, शिवम् सिमेण्ट उद्योग र ढाडखोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय बैठकले गरेको छ ।

बैठकले संघीय संरचनामा संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरु र प्रदेश प्रमुखहरुको मुख्य मन्त्री लगायत सबैको मर्यादा क्रम निर्धारण पनि गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्