Logo

क्यान इन्फोटेक सकियो, ३ लाख ५० हजार भन्दा बढीले अवलोकन



माघ १६, काठमाण्डौ । कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा भएको २४ औं संस्करणको क्यान इन्फोटेक आज सम्मन्न भएको छ । मेलमा ३ लाख ५० हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

सूचना प्रविधिप्रति युवा पुस्ताको मोह क्यान इन्फोटेकमा देखियो । माघ ११ गते देखि काठमाडौंको भृकुटीमण्डपमा भएको क्यान इन्फोटेक २०१८ मा ३ लाख ५० हजार भन्दा बढीले अवलोकन गरे ।

मेलामा बालक देखि बृद्धासम्मको उल्लेख्य उपस्थिति देखियो । जसले सूचना प्रविधिप्रति आम मानिसको चासो बढ्दै गएको आयोजकको भनाइ छ । अन्तिम दिन मंगलबार सार्वजनिक विदा भएकाले इन्फोटेकमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता थियो ।

यसपटक नयाँ प्रविधिहरुलाई प्रदर्शन गर्न हार्डवेयरका अतिरिक्त सञ्चार, सफ्टवेयर, आइटी स्टार्टअप र विश्वविद्यालय र कलेजका स्टलहरुलाई पनि समावेश गरिएको थियो । ब्यवसायीहरुले मेलामा उत्पादनको विक्रि भन्दा पनि ब्राण्डीङलाई जोड दिइएको बताए ।



प्रतिक्रिया दिनुहोस्