काठमाडौ,माघ १७-
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश निर्माणका लागि आफ्ना सहयोद्धाहरुले देखेको सपना पूरा गर्ने दाबी गरेका छन् । बामपन्थी गायक खुसीराम पाख्र्रिनको स्मृतिमा आज राजधानीमा भएको कार्यक्रममा उनले देश निर्माणका लागि सहयोद्धाहरुले देखेको सपना पुरा गर्ने जिम्मेवारी आएको बताए ।
बामगठबन्धन र पार्टी एकता हुने कुराले स्वर्गीय पाख्रिन निकै हर्षित भएको भन्दै दाहालले त्यसलाई पनि चाँडै पूरा गर्ने बताए । गत मंसिरमा चितवनमा प्रकाश दाहालको शोक सभामा गीत गाउँदा गाउँदै ढलेर पाख्रिनको निधन भएको थियो ।
प्रतिक्रिया