Logo

क्लास्सिकटेकले नया इन्टरनेट अफर “सित्तैमा” बजारमा



काठमाडौं, १८ माघ । बिगत ८ वर्षदेखि ईन्टरनेट तथा इनट्रानेट र ICT सम्बन्धित सेवा प्रदान गर्दै आएको यस इन्टरनेट प्रदायक कम्पनी क्लास्सिकटेकले नेपालको ७२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ ।

हाल १८ स्थानमा आफ्ना शाखा स्थापना गरीसकेको यस कम्पनीमा प्रत्यक्ष्य र अप्रत्यक्ष्य गरी ७५० भन्दा बढी कर्मचारी आबद्ध छन भने ३५००० भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बिस्वकै उत्क्रिस्ट जि। पोन प्रबिधीमा आधारित Fiber to the Home सेवाको मध्यमबाट ईन्टरनेट सेवा नेपालमा मुख्य शहरहरुमा उपलब्ध गराइसकेको छ ।

यसका साथै क्लास्सिकटेकले नया इन्टरनेट अफर “सित्तैमा” बजारमा ल्याएको छ । यस “सित्तैमा”  अफर अन्तर्गत क्लास्सिकटेकले बार्षिक ग्राहकलाई जडान खर्च, वाइफ़ाइ राउटर र फाइबर केबलका सम्पूर्ण खर्च सित्तैमा उपलब्ध गराउने भएको छ भने १२ Mbps इन्टरनेट प्रति महिना ७७७ रुपैयामा, १८ Mbps ९९९ रुपैयामा, ३० Mbps १०९९ रुपैयामा र ६० Mbps ११९९ रुपैयामा प्रती महिनाको दरले उपलब्ध गराउने भएको छ ।

यो नेपालकै सस्तो र गुणस्तरिय सेवा भएको कम्पनीको दाबी छ । साथै आफ्ना आफन्त या साथी भाइलाइ यस सेवाको रिफर गराउनु भएमा दुवैले एक एक महिनाको सित्तैमा इन्टरनेट सेवा पाउनुहुने अफर पनि ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्