भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौंमा


काठमाडौँ,  माघ १८ । भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा बिहिवार अपराह्न विशेष विमानबाट यहाँ आइपुगेकी छन् ।

उनलाई अर्थ राज्यमन्त्री उदयशमशेर राणाले स्वागत गरेका थिए ।  भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

साथै उनले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने छिन् । भने बिहिवारै बेलुका उनि भावी प्रधानमन्त्रीका रुपमा रहेका केपी ओलीको रात्री भोजमा सहभागी हुनेछिन् ।

नेपाल बसाइका क्रममा भारतीय विदेशमन्त्री स्वराज सोल्टी होटलमा नै रहनेछिन्। उनले मधेशी दलका नेताहरुसँग सोल्टीमै भेट्ने भएकी छिन्।