Logo

सुष्मालाई भेटेपछि सोल्टी होटलबाट उत्साहित हुँदै बाहिरिए ओली



काठमाडौं, १८ माघ । नेकपा एमाले अध्यक्ष केपी ओलीसहित पार्टीका अन्य नेताहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग सामुहिक भेटवार्ता गरेका छन् ।
काठमाडौंको होटल सोल्टीमा ओली र स्वराजबीच एक्ला एक्लै भेटवार्ता भएलगत्तै एमालेका नेताहरुले स्वराजसँग सामुहिक भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध, नेपाल पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका ओली र स्वराजको एक्लाएक्लै वार्ता सकिएपछि दुई पक्षीय संयुक्त छलफल भएको हो ।

भेटवार्तामा सहभागी एमाले सचिव प्रदिप ज्ञवालीका अनुसार आफूहरुवीच निकै उत्साहजनक रुपमा कुराकानी भएको सुनाए । उनका अनुसार नेपालको निर्वाचनमा वाम गठबन्धनले हाँसिल गरेको सफलताप्रति आफूहरु निकै खुशी रहेको प्रतिक्रिया स्वराजले दिएकी थिईन् । बाम गठबन्धनको सफलतामा आफु बधाई दिन नेपाल आएको स्वराजले बताएकी थिईन् ।

यता एमाले नेताहरुले पनि आफूहरु भारत विरोधी नभएको स्पष्ट पारेका थिए । ज्ञवालीले बैठकको भनाई उद्धृत गर्दै भने,“हामी भारत विरोधी होईनौं, अब दुई देशवीचको सम्बन्धमा यसले नयाँ आयाम थपेको छ । आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाई प्रदान गर्नुपर्छ।” उनले पत्रकार धमलासँग कुराकानी गर्दै भने,“आजको भेटवार्ता सकारात्मक भयो, फलदायी छ।”

स्वराजले ओलीलाई भावी प्रधानमन्त्रीकारुपमा बधाई तथा शुभकामना दिँदै विगतमा बिग्रेको सम्बन्धलाई सुधारका लागि पहल गर्ने बताएकी छन् ।
छलफलमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायत सहभागि भए । भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, विदेश सचिव गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार सहितका छन् ।

विहिबार दिउँसो काठमाडौं मात्रै काठमाडौं झरेकी विदेशमन्त्री स्वराजका लागि एमालेले होटल सोल्टीमै रात्रिभोजको आयोजना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्