Logo

राजपा नेताले गरे संविधान संशोधनको कुरा, स्वराजले गरिन समृद्धिको कुरा (आधा घण्टाको भेटवार्ता सम्पन्न )



काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरुवीचको भेटवार्ता सम्पन्न भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आज काठमाडौं आएकी स्वराजले महत्वपूर्ण राजनीतिक भेटवार्ता गरिरहेकी छिन् । होटल सोल्टीमा भएको सामूहिक भेटवार्तामा निकै सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जानकारी दिए ।

राजपा नेताहरुले आफूहरुलाई जनताको मत संविधान संशोधनको लागि भएको धारणा राखेका थिए । बैठकमा राजपा नेताहरुले राखेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,“हो, जनताले हामीलाई विजयी बनाए, जनमत त दिए, तर मुख्य एजेण्डा संविधान संशोधन गर्नु नै हो, अहिले हामी त्यसैको लागि प्रयासरत छौं, अरु केही सोचेका छैनौं। यद्धपी उनीहरुले मुलुक समृद्धिको लागि आफूहरु एकजुट भएर अघि बढ्ने धारणा राखेका थिए ।

यता स्वराजले भने संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको भन्दै अब विकास र समृद्धिको यात्रामा अघि बढ्न सुझाएकी थिईन् ।

त्यस्तै उनले सरकारमा राजपाको सहभागीताको संभावनाबारे पनि जिज्ञासा राखिन् । तर नेताहरुले आफूहरुको प्राथमिकतामा अहिले सरकार नरहेको स्पष्ट पारेका थिए । राजापका संयोजक ठाकुरका अनुसार करिब आधा घण्टा भएको सामुहिक भेटवार्तामा अत्यन्तै राम्रो कुराकानी भयो । छलफलको मुख्य एजेण्डा नै विकास र समृद्धि थियो ।

स्वराजले नेपालमा निर्वाचन सम्पन्न भएर मुलुक नयाँ दिशामा अघि बढ्न लागेकोमा आफू बधाई दिन आएको पनि विश्वास दिलाएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्