Logo

निगमको जहाजभित्र मुसा देखिएपछि..



काठमाडौं १९ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठुलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । उडानकै क्रममा एक यात्रुले ‘ह्यान्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुटेको देखे । लगत्तै हल्लाखल्ला भयो । यो कुरा चालक दलसम्म पुग्यो ।

अमेरिकी जहाज निर्माता कम्पनी बोईङसँग तीन दशकअघि खरिद गरिएको १ सय ९० सिट क्षमता बि ७ ५७ —२०० सिरिजको निगमको उक्त जहाज बिहीबार क्याप्टेन सन्तोष शर्माले दिल्लीबाट काठमाडौं ल्याईरहेका थिए ।

बीच बाटोमै जहाजभित्र मुसा देखिएको यात्रुले बताएपछि काठमाडौं अवतरण हुनासाथ निगमको ईन्जिनियरिङ विभागले यात्रु झारेर जहाजका सबै ढोका बन्द गरी सिल गर्यो ।

त्यसपछि जहाज र यात्रु सुरक्षाप्रति संवेदनशील हुँदै निगम व्यवस्थापनले उक्त जहाजलाई विमानस्लमा ग्राउन्डेड गर्यो ।,आजको नागरिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्