Logo

प्रचण्ड र स्वराजको भेट सम्पन्न : सहकार्य गर्न तयार रहेको दुवै पक्षको भनाई



माघ १९, काठमाण्डौ । भारतीय विदेशमन्त्री शुस्मा स्वराज र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबिचको भेटवार्ता सकिएको छ । होटल सोल्टीमा करिब ३५ मिनेटसम्म चलेको वार्तामा स्वराजले चुनाव जितेकोमा वाम गठबन्धनलाई बधाई दिदै एमाले र माओवादी मिलेर बनाउन लागिएको नयाँ सरकारलाई शुभकामना व्यक्त गरेकी थिइन् ।

स्वराजले वाम गठबन्धन, पार्टी एकता र नयाँ सरकार गठनबारे चासो व्यक्त गरेकी थिइन् । नेपालको समृद्धि नै भारतको चाहना रहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश स्वराजले प्रचण्डलाई सुनाएकी थिइन् ।

नेपालको आर्थिक विकासमा भारतले जस्तो सुकै सहयोग गर्न तयार रहेको दाबी गर्दै स्वराजले अब बन्ने बाम गठबन्धनको सरकारलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

प्रचाण्डले पनि राजनीतिक स्थायित्व र विकासका लागि वाम गठबन्धन एक भएर अगाडि बढेको जानकारी गराएका थिए । एमालेसँगको पार्टीएकताप्रति पनि आफू सकारात्ममक भएको जानकारी प्रचण्डले स्वराजलाई गराएका छन् ।

यद्यपी नयाँ सरकार गठनअघि पार्टी एकता हुन सक्ने अवस्था नरहेको बारे पनि कुराकानी भएको थियो । प्रचण्डले अबका दिनमा म भारतसँग सहकार्य गररै अगाडि बढ्न चाहेको बताएका थिए । प्रतिउत्तरमा स्वराजले भारतले आवश्यक सहयोगलाई सँधै निरन्तरता दिने बताएकी थिइन् ।

भेटवार्तापछि प्रचण्ड प्रशन्न मुद्रामा बाहिरिएका थिए ।

अब केही बेरमा नै स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्