Logo

स्वराज र उपेन्द्र यादवबिच भेटवार्ता सुरु



माघ १९, काठमाण्डौ । भारतीय विदेशमन्त्री सुश्मा स्वारले अहिले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिरहेकी छिन् । केहीबेरअघि माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेकी स्वराजले अहिले यादवसँग भेट गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुअघि उनले यादवलाई भेटकी हुन् । भेटमा नेपालका समसामयिक राजनीतिक विषयवस्तुमा कुराकानी हुने बताइएको छ । त्यसैगरी मधेश केन्द्रित दलहरुका मुद्दाहरु पनि छलफलको विषय हुन सक्ने बताइएको छ ।

स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न उनी आफू बस्दै आएको होटल सोल्टीबाट ११स्४५ बजे शितल निवास प्रस्थान गर्ने्छिन् । शितल निवासबाट साढे १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जानेछिन् ।

सुष्मा स्वराज सवा २ बजे एयरपोर्टतर्फ प्रस्थान गरी ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्