Logo

राष्ट्रपति भण्डारी र विदेशमन्त्री स्वराजवीच भेटवार्ता



काठमाडौँ, १९ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्