कलङ्की चौकको ‘अण्डर पास’ निर्माण अन्तिम चरणमा, जामको समस्या कम हुनेमा अपेक्षा

0
Shares

ललितपुर, १९ माघ । नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ ।

‘जम्मा आठ सय मिटर सडकमा ‘अण्डर पास’ निर्माण भइरहेको हो । माथि मुख्य सडकमा चार लेन र र सो सडक मुनि रहेको अण्डर पास आठ लेन हुनेछ । उहाँले भन्नुभयो, “मुख्य लेन तल र सहायक लेन माथि हुनेछ ।” सहायक लेनमा जानका लागि दायाँबायाँ गरेर बनाइएका सर्भिस ट्राक पनि माथि नै हुने उहाँ बताउनुहुन्छ ।

अरु सामान्य सडक निर्माण भन्दा ‘अण्डर पास’ को निर्माण तुलनात्मक रुपमा महँगो भएको उहाँ बताउनुहुन्छ । कोटेश्वर–कलङ्की सडक निर्माणको जम्मा बजेट रू पाँच अर्ब ँ हो । ‘अण्डर पास’ लाई कलङ्की–थानकोट सडकको जाम हटाउने उपायका रुपमा हेरिएको छ ।

उहाँ भन्नुहुन्छ, “उपत्यकाभित्रै र बाहिर आउने-जाने यात्रुले अब घण्टौँ जाममा फस्नुपर्ने छैन ।” चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले कोटेश्वर–कलङ्की सडक निर्माणको ठेक्का लिएको छ । भूकम्प र नाकाबन्दीका कारण एक वर्ष काम रोकिएपछि आगामी जुलाईसम्म काम सक्ने गरेर सरकारसँग सम्झौता भएको थियो । समयमा नै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ । रासस