माघ २०, चितवन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महासचिवमा सरोज सिटौला दोस्रोपटक बिजयी बन्न सफल भएका छन् ।
उनले १०४२ मत ल्याएर जित्दा उनका प्रतिस्पर्धी भरत नेपाल ४८३ मत ल्याएर पराजित बने ।
सिटौला अध्यक्षका प्रत्यासी डोलनाथ खनालको प्यानलबाट उम्मेदवार बनेका थिए । तर खनाल भने योगेन्द्र कर्माचार्यसँग पराजित भए ।
मतदानमा एकहजार सात सय ८० मत खसेको थियो ।
अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उपमहासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष, १० जना वर्गिय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।




प्रतिक्रिया