माघ २०, चितवन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्र कर्माचार्य विजयी भएका छन् । शनिबार विहान सम्पन्न मतगणनामा डोलनाथ खनाललाई २६७ मतान्तरले पराजित गर्दै कर्माचार्य आगामी ३ बर्षे कार्यकालका लागि अध्यक्षमा विजयी भए । कर्माचार्यले ९ सय ८७ मत प्राप्त गर्दा पराजित खनालले ७ सय ८ मत मात्र पाए ।
कमाचार्य कांग्रेस निकटको प्रजातान्त्रिक यातायात व्यवसायी संघबाट अध्यक्षका उम्मेदवार थिए भने खनाल लोकतान्त्रिक समावेशी प्यानलबाट अध्यक्षको उम्मेदवार बनेका थिए ।
बरिष्ठ उपाध्यक्षमा दिपक अधिकारी, बिजय बहादुर स्वाँर र हरिशरण केसी बिजयी भएका छन् । अधिकारी खनाल प्यानलका हुन् भने स्वाँर र केसी कर्माचार्य प्यानलका हुन् ।
उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, ऐनकुमार शाही, कृष्णप्रसाद सुवेदी, यादवलाल श्रेष्ठ र प्रभुप्रसाद कलवार बिजयी बने ।
महासचिवमा सरोज सिटौला दोस्रोपटक बिजयी बन्न सफल भएका छन् ।
उनले १०४२ मत ल्याएर जित्दा उनका प्रतिस्पर्धी भरत नेपाल ४८३ मत ल्याएर पराजित बने ।
सिटौला अध्यक्षका प्रत्यासी डोलनाथ खनालको प्यानलबाट उम्मेदवार बनेका थिए । तर खनाल भने योगेन्द्र कर्माचार्यसँग पराजित भए ।
मतदानमा एकहजार सात सय ८० मत खसेको थियो ।
अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उपमहासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष, १० जना वर्गिय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।




प्रतिक्रिया